यस्तो छ फिल्म ‘अदृश्य’को गीत

हिमाल प्रेस २७ असार २०८० १०:२१ | Wednesday, July 12, 2023
यस्तो छ फिल्म ‘अदृश्य’को गीत

काठमाडौँ- फिल्म ‘अदृश्य’को ‘एक चोटी’ बोलको गीत सार्वजनिक गरिएको छ। गीत आज (मंगलबार) सार्वजनिक गरिएको हो।

फिल्म आगामी साउन १९ गतेदेखि प्रदर्शन हुनेछ। सार्वजनिक गीतमा विशाल पौडेल र सीमा संग्रौलाको स्वर छ।

गायक विशालकै शब्द, संगीत र निर्देशनमा बनेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रमोद अग्रहरि र रिस्ता बस्नेतको नृत्यलाई देख्न सकिन्छ।

प्रमोद र रिस्तासहित फिल्ममा शोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम डोल्मा गुरुङ, रवी गिरी, विकेश प्रजापती, गीत बिष्ट, सिएम भारद्धाज सुवेदी, सन्दीप बाबु लोहनी, रुपेश दाहाल लगायत कलाकारको अभिनय छ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद रहेको फिल्म प्रल्हाद काफ्लेको निर्देशन गरेका छन्।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा बनेको फिल्मका लगानीकर्ता मिना बस्नेत र उमारुद्रा काफ्ले हुन्।

फिल्म उत्तम हुमागाईं र मोहन कुमार झिल्लुको छायांकन, बनिश शाहको सम्पादनमा बनेको छ।

प्रकाशित: २७ असार २०८० १०:२१ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast