प्रदीप पौडेलको प्रश्न : प्रधानमन्त्रीको जवाफ एमालेलाई कसरी चित्त बुझ्यो होला?

हिमाल प्रेस २५ असार २०८० १८:४१ | Monday, July 10, 2023
प्रदीप पौडेलको प्रश्न : प्रधानमन्त्रीको जवाफ एमालेलाई कसरी चित्त बुझ्यो होला?

काठमाड‍ौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमालेलाई प्रधानमन्त्रीको जवाफ कसरी चित्त बुझेको हो भनेर प्रश्न गरेका छन्। एमालेको प्रश्न नै असान्दर्भिक रहेकोले चित्त कसरी बुझेको हो, आफूले जान्न चाहेको पौडेलको भनाइ छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक विवादास्पद अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपरेको थियो। जसलाई लिएर एमालले सदन अवरोधसहित प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो।

प्रधानमन्त्रीले जवाफ दिएपछि एमालेले चित्त बुझेको भन्दै मौका दिने बताएपछि सांसद पौडेलेल एमालेतर्फ प्रश्न तेर्स्याएका हुन्।

‘प्रश्न उठाउनेले नै पुष्टि गर्न सक्ने अवस्था छैन। आज प्रधानमन्त्रीले भनेपछि त्यो प्रश्नको उत्तर कसरी आयो त? उहाँहरूलाई चित्त कसरी बुझेको हो त?,’ सांसद पौडेलेले प्रश्न गरेका छन्।

एमालेले संसद्‌मा प्रधानमन्त्रीले गरेको सम्बोधनलाई सकारात्मक रुपमा लिएको बताउँदै एकचोटिलाई मौका दिने बताएको छ।

प्रचण्डले भने : म अलिकति भावनात्मक छु नै, यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के?

प्रकाशित: २५ असार २०८० १८:४१ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast