‘प्रचण्डले व्यहोरेको पीडा संवेदनशील छ, तर राष्ट्रको बारेमा भावनात्मक हुनु भएन’

हिमाल प्रेस २५ असार २०८० १८:०९ | Monday, July 10, 2023
‘प्रचण्डले व्यहोरेको पीडा संवेदनशील छ, तर राष्ट्रको बारेमा भावनात्मक हुनु भएन’

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद्‌मा आफूले बोलेको विवादास्पद अभिव्यक्तिबारे प्रस्टीकरण दिँदा छोरी ज्ञानुको बाबु भएर बोलेँ प्रधानमन्त्रीका रुपमा यसरी बोल्नुहुँदैनथ्यो भनेर गल्ती पनि स्वीकारे।

उनको यो भनाइपछि एमाले सचिब योगेश भट्टराईको प्रतिक्रिया आएको छ। उनले भनेका छन्, ‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले व्यहोरेको पीडा संवेदनसील छन्। उहाँका ती पीडामा साहस भर्न सिंगो सदन उहाँलाई साथ दिन तयार छ। तर प्रधानमन्त्रीका रुपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैँ छैन है। हेक्का रहोस्।’

प्रचण्डले एक पुस्कत विमोचन कार्यक्रममा भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसपछि एमालेले उनको राजीनामा माग्दै संसद अवरोध गरेको थियो। संसदमा प्रष्टीकरण दिएपछि बैठक चल्न दिन एमाले सहमत भएपछि आज प्रचण्डले संसदमा प्रष्टीकरण दिएका हुन्।

योगेश भट्टराईले फेसबुकमा थप लेखेका छन्, ‘हामीले उहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौँ। हामी अरु केही जस्तो निर्दयी होइनौँ र छैनौँ। तर देशको प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति भने कठोर प्रश्न छन्।’

प्रकाशित: २५ असार २०८० १८:०९ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast