सुरु भयो प्रतिनिधिसभा बैठक

हिमाल प्रेस २५ असार २०८० १६:२०
सुरु भयो प्रतिनिधिसभा बैठक

काठमाडौँ- निर्धारित एक घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ।

दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सुरु भएको हो ।

तीन दलबीच भएको सहमतिअनुसार एमालेले संसद् अवरोध नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको आत्मालोचनासहित सम्बोधन गर्ने सहमति भएको छ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले एमालेका सांसद गोकुल बाँस्कोटालाई बोल्न समय दिएका छन्।

प्रकाशित: २५ असार २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast