नर्सिङ लाइसेन्सको प्रश्नपत्र ‘आउट’ गर्ने तीन छात्रा पक्राउ, नतिजा स्थगित

हिमाल प्रेस २५ असार २०८० १६:०० | Monday, July 10, 2023
नर्सिङ लाइसेन्सको प्रश्नपत्र ‘आउट’ गर्ने तीन छात्रा पक्राउ, नतिजा स्थगित

काठमाडाैँ- नेपाल नर्सिङ काउन्सिलले सञ्चालन गरेको २३ औँ लाइसेन्स परीक्षाको नतिजा प्रकाशन स्थगित गरिएको जनाएको छ। परीक्षार्थीले प्रश्नपत्र ‘आउट’ गरेपछि काउन्सिलले परीक्षाको नतिजा स्थगित गरेको हो।

सिद्धार्थ वनस्थली इन्स्टिच्युट केन्द्रमा परीक्षा दिँदै गर्दा तीन छात्राले प्रश्नपत्रको फोटो खिचेर आफूले तयारी कक्षा लिएको इन्स्टिच्युट ‘अल ब्राइट इन्स्टिच्युट’ पोखराका गाडीचालक चिजकुमार श्रेष्ठलाई पठाएका थिए। उनीहरूले प्रश्नपत्र आउट गरेको थाहा पाएपछि परीक्षाको नतिजा स्थगित गरिएको काउन्सिलले जनाएको छ।

प्रश्नपत्र ‘आउट’ गरेको  आरोपमा प्रहरीले तीनै जना परीक्षार्थीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ घर भएकी २३ वर्षीया सविना आले मगर, कास्कीको लेखनाथ घर भएकी २० वर्षीया भावना गुरुङ र पोखरा घर भएकी २० वर्षीया समीक्षा थापा छन्।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीका अनुसार घटनाबारे अनुसन्धान अघि बढाइएको बताए। अनुसन्धानको प्रतिवेदन नआउँदासम्म नतिजा प्रकाशन नहुने काउिन्सको सूचना अधिकारी रेखा गिरीले जानकारी दिइन्।

प्रकाशित: २५ असार २०८० १६:०० | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast