काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट सुनुवाइका लागि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पेसी तोकिएको छ।
हिजो (आइतबार) न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएकोमा हेर्न नभ्याउनेमा परेको थियो।
थापालाई मुख्यमन्त्री नियुक्त गर्दा बहुमत पुर्याउन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालत गएका थिए।
प्रकाशित: २५ असार २०८० ११:०३ | Monday, July 10, 2023
प्रतिक्रिया




