 
                             
                                            काठमाडाैँ- महावै गाउँपालिकाद्वारा आयोजित ‘बृहत् शैक्षिक सम्मेलन’ सम्पन्न भएको छ। गाउँपालिकाको शैक्षिक सुधार र उन्नयनका लागि आयोजित उक्त सम्मेलनको अध्यक्षता गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंहले गरेका थिए। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम आयाेजना गरिएकाे थियाे।
उपकुलपति सिंहले आफूले कठिन परिस्थितिका बाबजुत शिक्षा हासिल गर्नुपरे पनि अहिले त्यो अवस्था नरहेको बताए। सम्पूर्ण महावैबासीले आआफ्नो छोरा-छोरीहरूलाई विद्यालय भर्ना गरी उनीहरूको उज्ज्वल भविष्य निर्माणमा जुट्नुपर्ने उनले बताए।
महावै गाउँपालिका र समग्र कालिकोटकाे विकासका लागि महावै गाउँपालिकास्थित लसुनढुंगामा स्मार्ट सिटी निर्माण गर्न गाउँपालिकालाई आवश्यक प्रावधिक सहयोग गर्ने र सोका लागि पहिलो चरणको अध्ययन, अवलोकन तथा सूचना संकलन समेत गरिसकेको उनले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 