राष्ट्र बैंक
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न बैंकहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको निर्देशनपछि आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन्।
महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फन्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न भनेको हो।
असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ।
प्रकाशित: २३ असार २०८० ६:५६ | Saturday, July 8, 2023
प्रतिक्रिया




