सिटिजन्स बैंकद्वारा थप पाँच शाखाको सुरुवात

हिमाल प्रेस १९ असार २०८० १२:२७
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाको सुरुवात

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एकै दिन पाँच नयाँ शाखाको सुरुवात गरेको छ।

बैंकले संखुवासभाको खाँदबारी, तनहुँको दमौली, बर्दियाको गुलरिया, सल्यानको श्रीनगर र बैतडीको पाटनमा ‎एकसाथ शाखा सुरु गरेको हो।

नयाँ पाँचसँगै सिटिजन्स बैंकका शाखा कार्यालयको संख्या १८८ पुगेको छ।

कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेको बैंकले जनाएको छ।

प्रकाशित: १९ असार २०८० १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =