नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

हिमाल प्रेस १६ असार २०८० ६:५१
4
SHARES
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना५ स्थित तीन नम्बर पुलमा खसेको पहिरो। तस्बिर : रासस

काठमाडौँ– नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-५ तीन किलोमा शनिबार (आज) बिहान पहिरो खसेको हो।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन्।

पहिरो पन्छाउने काम सुरु गरिएको छ। सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन्।

तस्बिर : रासस
प्रकाशित: १६ असार २०८० ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast