एनएमबि बैंकले सुरु गर्‍यो बिना धितो खेती कर्जा

हिमाल प्रेस १५ असार २०८० १७:१९ | Friday, June 30, 2023
एनएमबि बैंकले सुरु गर्‍यो बिना धितो खेती कर्जा

काठमाडौँ- एनएनबि बैंक लिमिटेड र डिजिटल कृषि एप खेतीको सहकार्यमा बिना धितो खेती कर्जाको सुरुवात भएको छ।

यस कर्जाका लागि किसानहरूले खेती एपको नयाँ फिचर ‘एनएमबि खेती कर्जा’मा गएर आवेदन दिन सक्नेछन्। आवेदन पूरा भएकै दिन कर्जा दिइने बैंकले जनाएको छ।

वित्तीय पहुँचबाट वञ्चित किसानले सहज रूपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा सुरु गरिएको बैंकले जनाएको छ।

किसानहरूले आफूलाई आवश्यक कृषि बिउ बिजन, कृषिजन्य वस्तु तथा उपकरण खरिद गर्नको लागि कर्जा उपयोग गर्न सक्नेछन्। किसानहरूले खेतीसँग पहिला गरेको कारोबारको मूल्याङकन गरेर कर्जा स्वीकृत गरिने बैंकले जनाएको छ। ग्राहकले ३ महिनादेखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: १५ असार २०८० १७:१९ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast