यस्ताे छ शिक्षा मन्त्रालयको वार्षिक कार्यक्रम तथा बजेट (विवरणसहित)

हिमाल प्रेस १५ असार २०८० १६:५४ | Friday, June 30, 2023
यस्ताे छ शिक्षा मन्त्रालयको वार्षिक कार्यक्रम तथा बजेट (विवरणसहित) शिक्षा मन्त्रालय

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बाँडफाँट गरेको छ। मन्त्रालयले सरकारको वार्षिक, नीति कार्यक्रम तथा बजेटमा समावेश भएका विषयको विवरण सार्वजनिक गरेको हो।

अर्थमन्त्रीले बजेट भाषणमा शिक्षा क्षेत्रका लागि १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरेका थिए। शिक्षा मन्त्रालयले सोही रकममा आधारित भएर  मातहतका निकाय र कार्यक्रमका लागि बजेट बाँडफाँट गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा विद्यालय शिक्षा क्षेत्र योजना (२०७८-२०८७), दिगो विकास लक्ष्य (२०१६-२०३०) हासिल गर्न तय भएका कार्यक्रमलाई छुट्ट्याइएको बजेट शीर्षकअनुसार उल्लेख छन्।

मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजनाका लागि एक अर्ब ४२ करोड ४० लाख बजेट विनियोजन गरेको छ। जसमा विपन्न र दलित ९ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीले छात्रवृत्तिबापतको रकम पाउनेछन्।

शिक्षकको निवृत्तिभरणमा मात्रै १८ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ। विश्वविद्यालय अनुदान आयोगलाई १९ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ।

उच्चशिक्षामा उत्कृष्टता प्रवर्धन कार्यक्रमका लागि २ अर्ब ५ करोड र चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा विद्यार्थीलाई अध्ययन गराएबापत उपलब्ध गराउने रकम ३ अर्ब ३० करोड ४५ लाख छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई १ अर्ब ४० करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको विवरणमा उल्लेख छ।

सरकारले स्थानीय तहलाई विद्यालय शिक्षक, बालविकास केन्द्र सहजकर्ता तथा कर्मचारीको पारिश्रमिक, विद्यार्थी प्रोत्साहन सुविधा, विद्यालय सञ्चालन अनुदान, शैक्षिक गुणस्तर सुदृढीकरण र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम शीर्षकमा रकम पठाउने उल्लेख छ।

प्रकाशित: १५ असार २०८० १६:५४ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast