काभ्रेमा १३ समूहबीच बाँसुरी धुन प्रतिस्पर्धा हुने

हिमाल प्रेस १५ असार २०८० १३:५५ | Friday, June 30, 2023
काभ्रेमा १३ समूहबीच बाँसुरी धुन प्रतिस्पर्धा हुने फाइल तस्बिर।

काभ्रे– काभ्रेको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ। धुलिखेलस्थित शिखलापुर बाँसुरी धे-धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो।

मेलामा विभिन्न जिल्लाका १३ समूहबीच बाँसुरी धुन प्रतिस्पर्धा हुने धेलेका संस्थापक अध्यक्ष अरविन माकाजुले जानकारी दिए। प्रतियोगितामा काभ्रेको ३ समूह धुलिखेल खड्पु, बेथानचोक र पनौती बाँसुरी वाद्यबाधक तथा भक्तपुरको ४ समूह, काठमाडौँ ५ समूह र ललितपुरको १ समूहले सहभागिता जनाउने छन्।

धुलिखेल-७ स्थित नारायणस्थान लाछीमा आयोजित उक्त प्रतियोगितामा प्रथम हुनेलाई २० हजार ट्रफी र प्रमाण पत्र, दोस्रो हुनेलाई १५ हजार र प्रमाण पत्र तथा तेस्रो हुनेलाई १० हजार पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

सो अवसरमा देवगण र दैत्यनाच तथा सांगीतिक प्रस्तुतिसमेत हुने बताइएको छ।

धुलिखेललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, संस्कृति तथा सम्पदाको थलोका रूपमा चिनाउन तथा धुलिखेलको भित्री बस्तीलाई उजागर गर्न सो प्रतियोगिताको आयोजना गरिएको हो। बाँसुरी बाजाको महत्त्व बुझाउन प्रतियोगिताबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ असार २०८० १३:५५ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast