कर्मचारी कुटेकाे आराेपमा वकिल पक्राउ

हिमाल प्रेस १४ असार २०८० १८:२६ | Thursday, June 29, 2023
कर्मचारी कुटेकाे आराेपमा वकिल पक्राउ

काठमाडौँ- ललितपुर जिल्ला अदालतका कर्मचारीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एकजना वकिललाई पक्राउ गरेको छ। अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो।

ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले वकिल लामिछानेलाई पक्राउ गरिएको जानकारी दिए। अदालतको मिसिल नदिएको भन्दै वकिलले कुटपिट गरेको आरोप लागेको प्रहरीको भनाइ छ। फोटोकपी लिएर जान अनुरोध गर्दा पनि नमानेको प्रहरीले बताएको छ।

उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा अघि बढाउने प्रहरीको तयारी छ। बिहीबार सार्वजनिक बिदा भएकाले शुक्रबार मात्रै म्याद थप हुने कार्कीले बताए। रासस

प्रकाशित: १४ असार २०८० १८:२६ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast