विचारबिनाका पार्टीको लहर चलेको छ : ओली

हिमाल प्रेस १४ असार २०८० १६:३७
2
SHARE
विचारबिनाका पार्टीको लहर चलेको छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरूको लहर चलेको बताएका छन्। बिहीबार मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा विचारबिनाका पार्टीको लहर चलेको बताएका हुन्।

उनले राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्नुपर्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरूको लहर चलेको बताए। उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको पनि बताए। ‘पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्। अहिले एउटा लहर चलेको छ,’ उनले भने, ‘विचार नचाहिने, बिना विचार, विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ। योगदान सम्झिनु जरुरी छैन। योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने?’

प्रकाशित: १४ असार २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast