मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर

हिमाल प्रेस १३ असार २०८० १३:३८ | Wednesday, June 28, 2023
मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर

काठमाडौँ– मदन भण्डारी मेमोरियल कलेजले २२औं वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीसँगै सो कलेजको पनि स्थापना दिवस मनाइँदैछ।

कलेजले लायन्स क्लब अफ काठमाडौँ र समाज डेन्टल हस्पिटलको सहकार्यमा मंगलबार आँखा, दन्त तथा मधुमेहको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। यसका साथै रक्तदान कार्यक्रमको पनि आयोजना गरेको हो।

शिविरमा १ सय ३८ जना दाँतका, १ सय ७९ आँखाका र २१ जना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा समाजशास्त्र विभाग प्रमुख सुजित मैनालीले जानकारी दिए। यसैगरी सो स्वास्थ्य शिविरमा करिब चालिस दाताले दक्तदान गरेका थिए।

मैनालीका अनुसार कलेजका विद्यार्थी, शिक्षक, कलेज परिवारका सदस्यका साथै काठमाडौँ महानगर-१० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन्।

समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्न मदन भण्डारी कलेज सदा क्रियाशील रहिआएको र यो यसै सिलसिलाको एउटा गतिविधि भएको कलेजका सहायक क्याम्पस प्रमुख कमल न्यौपानेको भनाइ छ।

यही असार १४ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कलेजको २२औं वार्षिकोत्सवको मुख्य कार्यक्रम हुँदैछ।

प्रकाशित: १३ असार २०८० १३:३८ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast