तामाकोशी-५ निर्माणका लागि ठेक्का आह्वान

हिमाल प्रेस १३ असार २०८० १२:२७ | Wednesday, June 28, 2023
तामाकोशी-५ निर्माणका लागि ठेक्का आह्वान

काठमाडौँ– तामाकोशी-५ जलविद्युत् आयोजना निर्माणका लागि ठेक्का आह्वान भएको छ। ४५६ मेगावाटको माथिल्लो तामाकोशीको क्यासकेड आयोजनाको रूपमा तामाकोशी-५ निर्माण हुनेछ।

माथिल्लो तामाकोशीको टेलरेसबाट निस्कने पानी डाइभर्सनबाट तामाकोशी-५ को सुरुङमार्गमा पठाइने छ। यसका लागि छुट्टै हेडवक्रस र डिसेन्डर पोखरी बनाइरहनु पर्दैन।

तामाकोशी जलविद्युत कम्पनी लिमिटेडले ९९.८ मेगावाट आयोजनाको सिभिल संरचना र हाइड्रोमेकानिल इक्विपमेन्टको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो।

दुई प्याकेजमा निर्माण हुने आयोजनको दोस्रो प्याकेजमा ट्रान्समिसन लाइनको ठेक्का आह्वान हुनेछ।

बोलपत्रमा आवेदन दिने समयावधि दुई महिना तोकिएको छ। इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बोलपत्र आह्वान गरिएको छ।

आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन तयार भइसकेको छ।

तामाकोशी-५ को लागत २१ अर्ब १४ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानीका लागि नेपाल विद्युत प्राधिकरण र तामकोशी जलविद्युत कम्पनीसँग त्रिपक्षीय सम्झौता गरिसकेको छ।

प्रकाशित: १३ असार २०८० १२:२७ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast