त्रिविको बजेट २६ अर्ब, एक वर्षमा ७७ हजारले लिए ट्रान्सक्रिप्ट

हिमाल प्रेस १२ असार २०८० १७:०८
4
SHARES
त्रिविको बजेट २६ अर्ब, एक वर्षमा ७७ हजारले लिए ट्रान्सक्रिप्ट

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २६ अर्ब २४ करोड ९४ लाख ५५ हजार रुपैयाँ बजेट पारित गरेको छ। विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसका अवसरमा मंगलबार आयोजित विश्वविद्यालय सभाको वार्षिक दिवस बैठकले बजेट पारित गरेको हो।

बैठकले ६१ औँ ग्रेस लिस्ट पारित गरेको छ। ग्रेस लिस्टमा २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्ममा ट्रान्सक्रिप्ट लिएका ७७ हजार १ सय ३ विद्यार्थी संलग्न छन्। ग्रेस लिस्टमा व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिक शास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्साशास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय विद्यार्थी समाविष्ट छन्।

वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयले भोगिरहेका समस्या र तिनका समाधानका उपायबारे सरोकारवालासँगको भेटघाट एवम् औपचारिक छलफल भइरहेको जानकारी दिए। त्रिविमा आबद्ध शिक्षक/कर्मचारीका प्रतिनिधि, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि तथा विश्वविद्यालयका सम्बन्धित सरोकारवाला एकजुट भई तत्काल जनचाहना अनुुरुप उन्नति र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाई अघि बढ्नु अत्यावश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ।

विश्वविद्यालय सभामा पेस भएको बजेट योजना तथा कार्यक्रममा नेपाल सरकारका तर्फबाट पूर्ण सहयोग रहेको भन्दै प्रधानमन्त्रीले विश्वविद्यालयमासञ्चालित उच्चशिक्षाका कार्यक्रमहरुबाट नेपालको आवश्यकता, जनचाहना र विश्वपरिवेश अनुकूल गुणात्मक रुपले प्रतिस्पर्धी विद्यार्थी उत्पादन गरी विश्वबजारमा उचित स्थान प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् सहकुलपति अशोककुमार राईले विश्वविद्यालयलाई समय सापेक्ष रुपमा सक्षम र समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न निरन्तर क्रियाशील तुल्याउन पर्ने आवश्यक रहेको बताए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले उच्चशिक्षामा बिदेसिने परिस्थितिको अन्त्य गर्न क्रियाशील रहेको, परीक्षा प्रणालीलाई थप व्यवस्थित र सृदृढ गर्न लागिएको, शीघ्र नतिजा प्रकाशनका लागि विशेष पहलकदमी लिइएको जानकारी दिए।

ग्रेस लिस्ट पारित गरेलगत्तै बसेको बैठकमा रजिस्टार प्रा.डा. पेशल दाहालले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्ताविक कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए।

प्रकाशित: १२ असार २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast