काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सरेको छ। असार २३ गतेका लागि बैठक आह्वान भए पनि पार्टी र समसामयिक राजनीतक घटनाका कारण बैठक साउन १७ गतेसम्मलाई सरेको हो।
पार्टी महासचिव देव गुरुङले केन्द्रीय कमिटी बैठक साउन १७ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने जानकारी दिए। केन्द्रीय कमिटी बैठकमा विभिन्न दल मिलेर बनेको समाजवादी मोर्चाको विषयमा विस्तृत छलफल हुनेछ।
असार ५ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको थियो। त्यस्तै माओवादी घटकहरूबीच एकताको विषयमा छलफल तीव्र भएको र यसबारे बैठकमा छलफल हुने गुरुङको भनाइ छ।
प्रकाशित: १२ असार २०८० १५:४० | Tuesday, June 27, 2023
प्रतिक्रिया





