कांग्रेस प्रमुख सचेतक रमेश लेखक
काठमाडौँ- नेपाली कांग्रेसले विनियोजन विधेयक, २०८० निर्णयार्थ प्रस्तुत हुने दिन पक्षमा मतदान गर्न पार्टीका प्रतिनिधिसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मंगलबार ह्विप जारी गरेका हुन्।
विधेयक बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम छ। लेखकले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयकका पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।
प्रकाशित: १२ असार २०८० ११:०७ | Tuesday, June 27, 2023
प्रतिक्रिया


