ओलीले बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन् : लेखनाथ दाहाल

हिमाल प्रेस ११ असार २०८० २१:२३
4
SHARES
ओलीले बदनियतपूर्ण ढंगले जलहरी राखेका रहेछन् : लेखनाथ दाहाल एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताएका छन्।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। जनता कोरोनाको मारमा परेको बेलामा औषधि उपचार गर्नसमेत अफ्ठ्यारो रहेको अवस्थामा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय वस्तुगत र वास्तविकताभन्दा माथि रहेको उनको भनाइ थियो।

उनले २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैमा वस्तुगत निर्णय नभएको दाबी गरे। जलहरीको विषयमा निष्पक्षता कामय गरी अनुसन्धान हुनुपर्ने भन्दै उनले जलहरी राख्नुको ध्येय स्वर्णाक्षरमा आफ्नो नाम लेखाउनु रहेको दाबी गरे।

जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीलगायतको नाम स्वर्णाक्षरमा लेख्नुले तत्कालीन प्रधानमन्त्री ओलीको ध्येय प्रस्ट हुने उनको भनाइ थियो।

प्रकाशित: ११ असार २०८० २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast