पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवको करिब डेढ कराेड अवैध आम्दानी

हिमाल प्रेस ११ असार २०८० १५:०५ | Monday, June 26, 2023
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवको करिब डेढ कराेड अवैध आम्दानी

काठमाडौँ- जलहरीको नाप लिएकै भोलीपल्ट पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवको करिब डेढ करोड रुपैयाँ अवैध आम्दानी रहेकाे खुलासा भएको छ।

पशुपतिमा चढाएको जलहरीमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालले १ करोड ४४ लाख ११ हजार रुपैयाँ गैर कानुनी आर्जन गरेको खुलेको हो।

आयोगले ढकाल विरुद्ध सोमबार विशेष अदालतमा अवैध आर्जनसम्न्धी मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता भोला दाहालका अनुसार ढकालको वैध आम्दानी ६ करोड ३९ लाख ९३ हजार रुपैयाँ रहेको छ। तर उनको खाता, विभिन्न लगानीलगायत ७ करोड ८४ लाख ५ हजार रुपैयाँ देखिएको छ।

यसअघि पशुपति मन्दिरमा चढाएको सुनको जलहरीमा अनियमितता भएको भन्दै आयोगले छानबिन गरिरहेको छ। छानबिनको क्रममा आयोगले आइतबार जलहरीको नापजाँच गरेको थियो। महालेखा परीक्षकको ५९औँ प्रतिवेदनले पशुपतिमा चढाएको जलहरीमा अनियमितता भएको औंल्याएको थियो।

अख्तियारले लियो जलहरीको तौल

प्रकाशित: ११ असार २०८० १५:०५ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast