फाइल तस्बिर।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक सोमबार (आज) पनि बस्दै छ। मन्त्रालयगत बजेटमाथि हिजोदेखि सुरू भएको छलफलमा उठेका प्रश्नबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम आज पनि जारी रहनेछ।
संघीय संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बस्ने बैठकमा ८ वटा मन्त्रालयको बजेटमाथि सांसदहरूले प्रश्न गर्ने र ती प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।
आज रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।
प्रकाशित: ११ असार २०८० ९:०५ | Monday, June 26, 2023
प्रतिक्रिया




