जलकुम्भीले जेलिँदैछ फेवाताल [तस्बिरहरू]

विजय नेपाल १० असार २०८० १३:१५ | Sunday, June 25, 2023
जलकुम्भीले जेलिँदैछ फेवाताल [तस्बिरहरू]

पोखरा– पोखरास्थित फेवाताल जलकुम्भी झारका कारण संकटमा पर्दै गएको छ। स्थानीय सरकार, सरसफाइ अभियान्ताहरूले सीमसार क्षेत्रमा मिचाहा प्रवृत्तिको यो झार नियन्त्रणमा ध्यान नदिँदा फेवातालमा यो फैलँदै गएको छ।

नेपालकै दोस्रो ठूलो यो ताल यतिबेला प्राकृतिकमात्र होइन मानवीय अतिक्रमणको समेत चपेटामा परेको छ।

समयमै यस तालको संरक्षण नगरिने हो भने यसको अस्तित्व मासिने खतरा छ। जलचरका लागि मात्र नभई थलचरका लागि पनि तालतलैया र सिमसार क्षेत्र महत्त्वपूर्ण हुन्छ।

पोखरा आउने पर्यटकका लागि फेवाताल एक प्रमुख गन्तव्य हो।

प्रकाशित: १० असार २०८० १३:१५ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast