बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु, १ जना घाइते

हिमाल प्रेस १० असार २०८० ८:२५ | Sunday, June 25, 2023
बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु, १ जना घाइते

बागलुङ– बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्र विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।

चट्याङ लागेर चित्रकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले जानकारी दिए।

चट्याङले घरनजिकै बाँधेको १ भैँसीसमेत मेरेको डीएसपी केसीको भनाइ छ। घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए।

प्रकाशित: १० असार २०८० ८:२५ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast