कांग्रेस सिन्धुपाल्चोक पूर्वसभापति लामाको निधन

हिमाल प्रेस ९ असार २०८० १०:१९ | Saturday, June 24, 2023
कांग्रेस सिन्धुपाल्चोक पूर्वसभापति लामाको निधन

सिन्धुपाल्चोक– नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ। लामो समयदेखि क्यान्सरपीडित ६४ वर्षीय लामाको उपचारको क्रममा शनिबार राति १२.४५ बजे वीर अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जंग तामाङले जानकारी दिए।

सादगी नेताको रूपमा परिचित लामा कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार थिए। लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार (आज) दिनभर काठमाडौँ बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ।

लामाको २ छोरा र ४ छोरी छन्। विद्यार्थीकाल देखिनै कांग्रेसको राजनितिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका लामा १३ औं महाधिवेशनमा कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए। उनी दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रत्यासी थिए।

प्रकाशित: ९ असार २०८० १०:१९ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast