जन्ती सवार जिप मनकामनामा दुर्घटना, पाँच जनाको मृत्यु

हिमाल प्रेस ८ असार २०८० ६:५१ | Friday, June 23, 2023
जन्ती सवार जिप मनकामनामा दुर्घटना, पाँच जनाको मृत्यु

गोरखा– गोरखाको मनकामनामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन्।

दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरी डाँडा जाँदै गरेको प्रदेश ३-०१-०२३ च २४२७ नम्बरको बोलेरो जिप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

सडकबाट करिब दुई सय मिटर तल खसेर जिप दुर्घटना भएको गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले जानकारी दिए।

आफू भर्खर घटनास्थल पुगेको र मृतक तथा घाइतेहरुको पहिचान नखुलिसकेको उनले बताए।

‘मृत्यु हुनेमा चार पुरुष र एक महिला हुनुहुन्छ। उहाँहरूको पहिचान हुन बाँकी छ। घटनास्थल एकदमै अफ्ट्याारोमा भएकाले खोजीकार्यमा समस्या भइरहेको छ,’ डीएसपी लामिछानेले भने।

प्रकाशित: ८ असार २०८० ६:५१ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast