काठमाडौँ- आइएमई ग्रुपद्वारा सञ्चालित सबै केबलकारमा सशस्त्र प्रहरी बल र उनका परिवारलाई छुट हुने भएको छ। आइएमई ग्रुपले काठमाडौँमा चन्द्रागिरि, नवलपरासीमा मौलाकाली र रुपन्देहीमा लुम्बिनी केबलकार सञ्चालन गरिरहेको छ।
तीनै केबलकार कम्पनीमा सशस्त्र प्रहरी र आश्रित परिवारलाई टिकटमा २० प्रतिशत छुट दिने आइएमई ग्रुपले जानकारी दिएको छ। बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी, तिनका आश्रित परिवारका साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीले छुट पाउनेछन्।
प्रकाशित: ७ असार २०८० १८:४२ | Thursday, June 22, 2023
प्रतिक्रिया



