रोकिएको कान्तिपुर हिसान शैक्षिक मेला शुक्रबारदेखि सञ्‍चालन हुने

हिमाल प्रेस ७ असार २०८० १६:०२ | Thursday, June 22, 2023
रोकिएको कान्तिपुर हिसान शैक्षिक मेला शुक्रबारदेखि सञ्‍चालन हुने

काठमाडौँ- कान्तिपुर हिसान शैक्षिक मेला शुक्रबारदेखि फेरि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्नुअघि हिसानले मेला आयोजना गरेको भन्दै काठमाडौँ महानगरपालिकाले बन्द गराएको मेला अदालतको अन्तरिम आदेशपछि सञ्चालन हुने भएको हो। मेला सुरु भएपछि गत जेठ ३२ गते काठमाडौँ महानगरले स्थगित गराएको थियो।

बिहीबार हिसानले विज्ञप्ति जारी गर्दै मेला असार ८, ९ र १० गते तीन दिन काठमाडौँको भृकुटीमण्डपमा बिहान १० देखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने जनाएको छ।उच्च अदालत पाटनले बुधबार मेला नरोक्न अन्तरिम आदेश दिएसँगै यस अघि महानगरले स्थगित गराएको मेला सञ्चालन हुने भएको छ।

उच्च शिक्षा तथा माध्यमकि विद्यालय संघ नेपाल हिसानका अध्यक्ष रमेश सिलवालले महानगर कानुन विपरित नीजी विद्यालय सञ्चालकहरूको विरुद्धमा खनिएको बताए।उनले भने, ‘महानरले काठमाडौँलाई शिक्षाको हब बनाउछु भन्ने तर शैक्षिक मेलालाई रोक्ने काम गरेको छ। कानुन भन्दा माथि उठेर निर्णय गर्ने अधिकार कसैलाई पनि छैन।’

देश भित्रको शिक्षालाई थप बलियो बनाउन र शैक्षिक विकासमा लाग्न जनप्रतिनिधिलाई अध्यक्ष सिलवालले सुझाएका छन्।

 

प्रकाशित: ७ असार २०८० १६:०२ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast