सानिमा बैंकका ग्राहकलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुट

हिमाल प्रेस ७ असार २०८० १५:११ | Thursday, June 22, 2023
सानिमा बैंकका ग्राहकलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुट

काठमाडौँ- सानिमा बैंकका ग्राहकले भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र हस्पिटलबीच सम्झौता गरिएको छ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यले उक्त हस्पिटलमा छुटको व्यवस्था गरेको बताएको छ। बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा छुट पाइने बैंकले जानकारी दिएको छ।

बैंकका ग्राहकले औषधि र अपरेसनसम्बन्धी शुल्कमा १० प्रतिशत तथा फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, यूयसजी, इको, आँखा र बेड शुल्कमा १५ प्रतिशत छुट पाउने छन्।

प्रकाशित: ७ असार २०८० १५:११ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast