दराजको ‘पे डेको झट्का’ घोषणा

हिमाल प्रेस ६ असार २०८० १९:४२ | Wednesday, June 21, 2023
दराजको ‘पे डेको झट्का’ घोषणा

काठमाडौँ- अनलाइन सपिङ प्लेटफर्म दराजले ‘पे डेको झट्का’ घोषणा गरेको छ। कम्पनीले ग्राकहलाई प्रत्येक महिनाको ७ गतेको सपिङमा आकर्षक लाभ उपलब्ध गराउने उद्देश्यले उक्त अफर घोषणा गरेको हो।

उक्त अफर बिहीबारदेखि आइतबार (असार १० गते)सम्म रहने कम्पनीको भनाइ छ। उक्त अफरमा सहभागी भएर समय तथा पैसा बचत गर्न सक्ने कम्पनीले बताएको छ। मासिक आम्दानी गर्नेका लागि उक्त अफर उपयुक्त हुने कम्पनीले बताएको छ।

‘अब प्रत्येक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकले निःशुल्क डेलिभरिको सुविधा पाउनेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अभियानको क्रममा ई–सेवामार्फत भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने पनि कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ असार २०८० १९:४२ | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast