काठमाडौँ- वर्षभर रिलिज भएका चलचित्रहरू डिशहोममा प्रसारण हुने भएका छन्। विभिन्न कारणले ‘फिल्म हल’मै गएर हेर्न नभ्याउनेहरूलाई लक्षित गर्दै चलचित्र डिशहोममा प्रसारण गर्न थालिएको हो।
डिशहोमले प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउलगायत नयाँ र तुलनात्मक रूपमा दर्शकले बढी रुचाएका चलचित्र प्रसारण गर्न लागिएको बताएको छ।
डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ सो बिहान १, ४, ७ र १० बजे तथा दिउँसो १, ४, र साँझ ७ तथा राति १० बजे प्रदर्शन हुने डिशहोमले जानकारी दिएको छ।
प्रकाशित: ६ असार २०८० १९:२१ | Wednesday, June 21, 2023
प्रतिक्रिया




