गिरानचौर एकीकृत नमुना बस्तीको जग्गा हस्तान्तरणमा लाग्ने कर छुट दिने मन्त्रिपरिषद्को निर्णय

हिमाल प्रेस ५ असार २०८० १८:३४ | Tuesday, June 20, 2023
गिरानचौर एकीकृत नमुना बस्तीको जग्गा हस्तान्तरणमा लाग्ने कर छुट दिने मन्त्रिपरिषद्को निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा।

काठमाडौँ- सरकारले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको गिरानचौर नमुना बस्तीको जग्गा हस्तान्तरणमा लाग्ने अग्रिम कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचाैर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दाखेरी त्यसमा लाग्ने असुल गर्नुपर्ने अग्रिम कर छुट दिने निर्णय गरेको छ,’ उनले भनिन्।

त्यस्तै तातोपानीस्थित नेपाल–चीन सीमास्तम्भ निर्माणका लागि नेपाली टोली गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री शर्माले जानकारी दिइन्। ‘नेपाल–चीन सीमानाका तातोपानी झ्याक्मोस्थित सीमास्तम्भ नम्बर ५३.१ लाई संयुक्त रूपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरिएको छ,’ मन्त्री शर्माले भनिन्।

प्रकाशित: ५ असार २०८० १८:३४ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast