‘वानर सेना’को टिजर सार्वजनिक, कात्तिक ३ मा प्रदर्शन

हिमाल प्रेस ५ असार २०८० १७:२४ | Tuesday, June 20, 2023
‘वानर सेना’को टिजर सार्वजनिक, कात्तिक ३ मा प्रदर्शन

काठमाडौँ- फिल्म ‘वानर सेना’ को टिजर सार्वजनिक गरिएको छ। टिजर सार्वजनिक गर्दैै निर्माण टिमले फिल्म कात्तिक ३ गते प्रदर्शन गरिने जानकारी दिएको छ। रामायणको कथामा आधारित फिल्म अर्पण गिरी (अर्मान जंग)ले निर्देशन गरेका छन्।

यो नेपालकै पहिलो अर्ध धार्मिक फिल्म बनेकोे निर्माण टिमले दाबीे छ। फिल्मका कलाकार किशोर खतिवडा, सुरवीर पण्डित, आरजु प्रसाई, अर्जुन गिरी, कामेश्वर चौरासियालगायत कलाकारको अभिनय छ।

फिल्ममा निर्देशक गिरीकै कथा, पटकथा, संवाद र गीत छ। गीतमा गिरीसँगै जोनी तामाङले संगीत भरेका छन्। फिल्म बिन्दु सापकोटाको छायांकन, बन्दे प्रसादको सम्पादन र नारायण रिजालको कोरियोग्राफीमा बनेको छ।

गिरी ग्रेन्ड फिल्म प्रा. लिको ब्यानरमा निर्माण भएको फिल्ममा युवराज गिरीले लगानी गरेका छन्।

प्रकाशित: ५ असार २०८० १७:२४ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast