बझाङ सवारी दुर्घटना : मन्त्रीकी पत्नी र भाउजूको मृत्यु

हिमाल प्रेस ५ असार २०८० १६:४९ | Tuesday, June 20, 2023
बझाङ सवारी दुर्घटना : मन्त्रीकी पत्नी र भाउजूको मृत्यु

काठमाडौँ– बझाङमा सवारी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका कानुनमन्त्रीकी श्रीमतीसहित दुई जनाको ज्यान गएको छ। दुर्घटनामा परेका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको अवस्था पनि चिन्ताजनक छ।

‘मन्त्रीज्युकी श्रीमती अमृता सिंह र उहाँको भाउजू जयादेवी सिंहको मृत्यु भएको सूचना आएको छ,’ बाजुराकी निमित्त प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले भनिन्, ‘मन्त्रीज्युसहित उहाँका पीएसो र चालकलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको छ।’

मन्त्री सिंहसहित पाँच यात्रु सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

मन्त्रीका अंगरक्षक दीपक भण्डारी र चालक धर्मराज जोशीको अवस्था पनि गम्भीर रहेको बताइएको छ। गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

प्रकाशित: ५ असार २०८० १६:४९ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast