जोनी डेपले गरे मानहानि मुद्दाबाट जितेको पैसा दान 

हिमाल प्रेस ५ असार २०८० १५:०८ | Tuesday, June 20, 2023
जोनी डेपले गरे मानहानि मुद्दाबाट जितेको पैसा दान 

काठमाडौँ- हलिउड कलाकार जोनी डेप र अम्बर हर्ड एकपटक फेरि चर्चामा छन्। यी दुई कलाकार पूर्व श्रीमानश्रीमती हुन्। सन् २०१५ मा बिहे गरेका उनीहरूको सम्बन्ध विच्छेद एकताका विश्वभरिका सञ्चारमाध्यमका लागि ‘हट केक’ बनेको थियो।

लामो समय यी दुई सेलिब्रिटीको सम्बन्ध विच्छेदका समाचार सञ्चारमाध्यममा छाइरहे। अम्बरले घरेलु हिंसाको आरोप लगाउँदै जोनीविरुद्ध अदालतमा मुद्दा दायर गरेकी थिइन्। अम्बरले झुटो आरोप लगाएको भन्दै जोनीले उल्टै उनीविरुद्ध मानहानिको मुद्दा हाले। अन्त्यमा जित जोनीको भयो।

मुद्दा जित्दा अम्बरबाट पाएको पैसा जोनीले दान दिएका छन्। त्यसकै लागि उनी चर्चामा आएका छन्। त्यो पैसाले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उनले बताएका छन्। अमेरिकी टेलिभिजन संस्था ‘सीएनएन’को समाचारअनुसार मानहानि मुद्दामा जितेको पैसा दान गर्न उनले पाँचवटा सामाजिक कार्य गर्ने संस्थालाई रोजेका छन्।

प्रकाशित: ५ असार २०८० १५:०८ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast