पोखरामा ‘विश्व संगीत दिवस’ मनाइँदै

हिमाल प्रेस ५ असार २०८० ११:३९ | Tuesday, June 20, 2023
पोखरामा ‘विश्व संगीत दिवस’ मनाइँदै

काठमाडौँ- पोखरामा असार ६ (जुन २१) मा ‘विश्व संगीत दिवस’ मनाइँदै छ। विभिन्न सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाइनेछ।

पाँच वर्षपछि भइरहेको कार्यक्रममा १८ वटा संस्था सहभागी हुनेछन्। सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको हलमा हुनेछ।

यस कार्यक्रमबाट पोखरामा सांगीतिक गतिविधि बढ्ने आयोजकको भनाइ छ। सांगीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सहभागिता रहनेछ। तिनले कार्यक्रममा प्रस्तुति दिनेछन्।

कार्यक्रममा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था रहेको छ। गण्डकी प्रज्ञा-प्रतिष्ठान तथा पोखरा प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा कार्यक्रम आयोजना हुँदै छ।

प्रकाशित: ५ असार २०८० ११:३९ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast