‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे भारत सकारात्मक’

हिमाल प्रेस ५ असार २०८० ९:२७ | Tuesday, June 20, 2023
‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे भारत सकारात्मक’

लुम्बिनी – नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिएका छन्।

योग दिवसका अवसरमा लुम्बिनीमा मंगलबार आायोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे सकारात्मक रूपमा छलफल भइरहेको जानकारी दिएका हुन्।

साथै उनले सकारात्मक नतिजा आउने पनि प्रतिबद्धता जनाए। उनले दुई देशबीचको सांस्कृति सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोहीअनुसार भारत अघि बढिरहेको बताए।

श्रीवास्तवले योग भारतबाट सुरु भएको बताउँदै यसले नेपालसँगको सम्बन्धलाई पनि जोडेको बताए। उनले नेपाल भारत सम्बन्ध युगौँदेखि रहँदै आएको र प्रधानमन्त्रीको हालै भएको भ्रमणले थप सम्बन्ध सुमधुर बनेको बताए।

प्रकाशित: ५ असार २०८० ९:२७ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast