विद्युतीय साक्षरताबारे माछापुच्छ्रे बैंक र प्याब्सनबीच सम्झाैता

हिमाल प्रेस ४ असार २०८० १७:१३ | Monday, June 19, 2023
विद्युतीय साक्षरताबारे माछापुच्छ्रे बैंक र प्याब्सनबीच सम्झाैता

काठमाडौँ- वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुच्छ्रे बैंक र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालबीच सम्झाैता गरिएको छ। सोमबार एक कार्यक्रमकाबीच प्याब्सन अध्यक्ष डीके ढु‌ंगाना र बैंकका प्रमुख कार्यकारी निर्देशक सन्तोष कोइरालाले सम्झाैतापत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्न अध्ययन भइरहेकाे जानकारी गराए। हालसम्म  ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि अध्ययन थालेको उनको भनाइ थियाे।

कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएरभन्दा पनि आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसाथ गर्नु पाउनुपर्ने बताए।

उनका अनुसार हाल प्रतिमहिना औसतमा ४० अर्ब रुपैयाँको विद्युतीय कारोबार हुने गरेको छ। गत वैशाखमा क्यूआर कोडमार्फत ८६ लाख व्यक्तिले २६ अर्बभन्दा बढीको कारोबार गरेको  उनले बताए। उक्त काराेबारले पनि नेपालमा विद्युतीय कारोबारको प्रयोग बढ्दो रहेको उनकाे भनाइ थियाे। राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवर्द्धन वर्षका रूपमा सञ्चालन गरिरहेको छ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा‍. उपेन्द्र महतोले वित्तीय र विद्युतीय कारोबारलाई बढाएर समृद्ध मुलुक निर्माणमा योगदान दिन सकिने बताए। त्यस्तै  प्याब्सनका अध्यक्ष ढुंगानाले आर्थिक कारोबार र विद्युतीय मुद्दामा तल्लो तहसम्म सचेतना प्रवाह नभएसम्म मुलुक समृद्ध हुन नसक्ने बताए।

प्रकाशित: ४ असार २०८० १७:१३ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast