महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

हिमाल प्रेस ४ असार २०८० १६:४६ | Monday, June 19, 2023
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

काठमाडौँ- महालक्ष्मी विकास बैंकले ग्राहकलाई छुट दिन विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गरेको छ। बैंकले स्वास्थ्य संस्था, होटल तथा रेस्टुरेन्टसँग समन्वय गर्न सम्झाैता गरेको हो।

सम्झाैताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थामा छुट पाउनेछन्। बैंकका ग्राहकले काठमाडाैँको विशालनगरमा रहेको अरोगेन हेल्थे केयरमा ५ देखि ४५ प्रतिशतसम्म छुट पाउनेछन्।

त्यस्तै इटहरीस्थित होटल पाथीभरामा १० प्रतिशत,  काठमाडाैँको मैतिदेवीस्थित बुँइगल राउन्जमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्। त्यस्तै काठमाडौँमै रहेको एल्लो हात्तीका सेवामा १० प्रतिशत, इटहरी र मैतीदेवीको बर्गर हाउसमा १० प्रतिशत छुटको पाउने बै‌कले जानकारी दिएको छ।

प्रकाशित: ४ असार २०८० १६:४६ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast