‘विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन’

हिमाल प्रेस ४ असार २०८० १६:१० | Monday, June 19, 2023
‘विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन’

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष शाहले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका हुन्।

ऊर्जा क्षेत्रमा ६० अर्ब रुपैयाँ बजेट छुट्ट्याइए पनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको उनले बताए। रेडबुकमा स्पष्टसँग विद्युत् प्राधिकरणअन्र्तगत हुने खर्चहरू नलेखिएको भन्दै अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको बताए।

‘विद्युत् प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्तिकेन्द्र प्रति जवाफदेही छ? रेड बुकले के भन्छ भने विद्युत प्राधिकरण जनताप्रति जवाफदेही छैन,’ उनले भने, ‘किन कि ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन। वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन–कुन पालिकामा कतिकति लाख भनेर छापेर जनतालाई झुक्याउने? दुनियाँको चासो रहेको ऊर्जा क्षेत्र सांसदले जान्नै नहुने?’

प्रकाशित: ४ असार २०८० १६:१० | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast