‘दान्भी’मा पूजाको नयाँ अवतार

हिमाल प्रेस ३ असार २०८० १८:०३ | Sunday, June 18, 2023
‘दान्भी’मा पूजाको नयाँ अवतार

काठमाडौँ- नायिका पूजा शर्मा अभिनीत फिल्म ‘दान्भी’ बन्ने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म बन्ने घोषणा गरेको हो। सार्वजनिक एक पोस्टरमा नायिका शर्मा एक्सन अवतारमा देखिएकी छन्। साथै फिल्ममा उनीसँग नायक कुन्साङ बोमजम मुख्य भूमिकामा देखिने भएका छन्।

रुपेश तामाङको निर्देशन रहने फिल्मका निर्माता अनुप गडाल हुन्। तामाङले यसअघि ‘जय शम्भु’ फिल्म निर्देशन गरेका थिए। फिल्ममा अन्य कलाकारको छनोटको कार्य भइरहेको निर्माण टिमले जनाएको छ।

प्रकाशित: ३ असार २०८० १८:०३ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast