रास्वपाले बोलायो केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक

हिमाल प्रेस ३ असार २०८० १८:१९ | Sunday, June 18, 2023
रास्वपाले बोलायो केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। सोमबार (४ असार) बिहान ७ बजे पार्टी कार्यालय बसुन्धारामा संयुक्त बैठक आह्वान गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार आगामी असार ७ गते मनाउन लागिएको पार्टी स्थापना दिवसको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना समेत गर्न लागेको छ। रास्वपाले स्थापनाको एक वर्षको उपलक्ष्यमा देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरिरहेको छ।

 

प्रकाशित: ३ असार २०८० १८:१९ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast