चापाकोट नगरपालिकाका पूर्वमेयर गिरीको सवारी दुर्घटनामा मृत्यु

हिमाल प्रेस २ असार २०८० ८:५० | Saturday, June 17, 2023
चापाकोट नगरपालिकाका पूर्वमेयर गिरीको सवारी दुर्घटनामा मृत्यु

पोखरा– स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा मृत्यु भएको छ।

सिद्धार्थ राजमार्गको राङखोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा. १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई चापाकोट ४, दर्सिङमा गएराति दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते गिरीलाई स्याङ्जा जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले ११:४० मा मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्कारपियो चालक पुतलीबजार ९, कोल्माका ३२ वर्षीय सुरज नेपाली र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जनाए। गिरी ६० वर्षका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast