बालकृष्ण खाणले भने : थुनामा रहँदा अध्ययन गर्छु, उच्च अदालतले न्याय दिने विश्वास छ

हिमाल प्रेस १ असार २०८० १९:३९ | Friday, June 16, 2023
बालकृष्ण खाणले भने : थुनामा रहँदा अध्ययन गर्छु, उच्च अदालतले न्याय दिने विश्वास छ फाइल तस्बिर।

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि कारागार चलान भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले कारागारमा रहँदा अध्ययन गर्ने प्रतिक्रिया दिएका छन्।

काठमाडौँ जिल्ला अदालतबाट बाहिरिनेक्रममा शुक्रबार साँझ पत्रकारहरूसँग उनले भने, ‘थुनामा रहँदा अध्ययन गर्छु।’

शरणार्थी प्रकरणमा आफू निर्दोष रहेको दाबी फेरि पनि गरे। आफू निर्दोष हुँदा हुँदै पनि जेल जानुपरेको बताउँदै उनले भने, ‘यो प्रकरणमा म दोषी छैन। मेरो संलग्नता छैन। उच्च अदालतबाट न्याय हुने विश्वास छ।’

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित १६ जना जेल चलान

प्रकाशित: १ असार २०८० १९:३९ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast