माछापुच्छ्रे बैंकले पायो इन्फोसिस इनोभेसन अवार्ड

हिमाल प्रेस १ असार २०८० १६:५९ | Friday, June 16, 2023
माछापुच्छ्रे बैंकले पायो इन्फोसिस इनोभेसन अवार्ड

काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड, २०२३’ प्राप्त गरेको छ।  भारतको बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकलले बैंकलाई उक्त अवार्ड दिएको हो।

ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीयरूपमा भएको वृद्धिले अवार्डको हकदार बनाएको इन्फोसिस इन्डियाले जनाएको छ।  विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नविनतम् कदम चालेको छ।

इन्फोसिसले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ। यो वर्ष विश्वभरबाट २०० भन्दा बढी कम्पनी विभिन्न विधाको मनोनयनमा परेका थिए।

प्रकाशित: १ असार २०८० १६:५९ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast