नेताहरू सच्चिए देश बन्छ : नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस १ असार २०८० १५:४६ | Friday, June 16, 2023
नेताहरू सच्चिए देश बन्छ : नारायणकाजी श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले अपेक्षाअनुसार देशमा समृद्धि आउन नसकेको स्वीकार गरे।

‘हामीले अपेक्षा गरेअनुसार समृद्धि आएको छैन। जनतामा सन्तुष्टि देखिएको छैन, अहिलेको हाम्रो मुख्य कार्यभार देशको विकास गर्नु हो,’ श्रेष्ठले भने, ‘हामीले भनेजस्तो रूपमा कार्यभार निभाउन सकेका छैनौँ। कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताकासाथ लिएर अघि बढ्नुपर्छ।’

विकास हुन नसक्दा आमजनता निराश रहेको बताउँदै उनले जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्नेमा जोड दिए।

देश बदल्न सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको उनको भनाइ छ। राजनीतिलाई सफा गर्न तथा नेताहरू र पार्टीलाई रुपान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: १ असार २०८० १५:४६ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast