हाजिर गरेर निस्किन्छन् सिंहदरबारका कर्मचारी

हिमाल प्रेस ३२ जेठ २०८० १७:०४ | Thursday, June 15, 2023
हाजिर गरेर निस्किन्छन् सिंहदरबारका कर्मचारी

काठमाडौँ- मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारका कर्मचारी हाजिर गरेर निस्किने गरेका छन्। बिहीबार राष्ट्रियत सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा सिंहदरबारका कर्मचारी हाजिर गरेर बाहिर निस्किने गरेको पाइएको हो।

कर्मचारीले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको गुनासो बढेपछि सतर्कता केन्द्रले बिहीबार सिंहदरबारको दक्षिण गेटमा छड्के गरेको हो।

कार्यालय समयमा सिंहदरबारभित्र कर्मचारी नभेटिएपछि केन्द्रले कार्यालय समयमा सिंहदरबारबाट बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण टिपोट गरेर केन्द्रले उक्त जानकारी लिएको हो।

केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्ण अधिकारीले छड्केका क्रममा हाजिर गरेर बाहिर निस्किने कर्मचारी भेटिएका जानकारी दिए। ‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीको लागि अनुगमन गरिएको हो,’ उनले भने, ‘बिहान १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ।’ छड्केका क्रममा बाहिर निस्कन लागेका कर्मचारीले विभिन्न बहाना गरेको अधिकारीको भनाइ छ।

प्रकाशित: ३२ जेठ २०८० १७:०४ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast