धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो? : रघुजी पन्त

हिमाल प्रेस ३२ जेठ २०८० १२:१५ | Thursday, June 15, 2023
धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो? : रघुजी पन्त सांसद रघुजी पन्त। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्नसमेत गरे। उनले भने, ‘धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो? यो संसद्लाई स्पष्ट पारियोस्।’

बैठकमा आकस्मिक समय माग गर्दै सांसद पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएको छ। पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको छ।’

सांसद पन्तले राजदूत शर्माले दिएको अन्तर्वार्तामा नेपालको धर्मनिरपेक्षतामा प्रश्न खडा गरेको बताए। ‘नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा छ। तर राजदूतले त्यहाँ गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गर्नुहुन्छ,’ उनले भने।

सांसद पन्तले ईपीजीको प्रतिवेदनप्रति राजदूत शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘के ईपीजीको प्रतिवेदन प्रभूत्व व्यक्ति समूहबारे राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छरु गर्छ भने यो आपत्तिजनक र खेदपूर्ण छ।’

सांसद पन्तले राजदूत शर्माले बीआरआईलाई ‘लोन ट्रयाप’ जनाउँदै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।

प्रकाशित: ३२ जेठ २०८० १२:१५ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast