संसद्‌मा प्रश्न : नागरिकता माग्नु अपराध हो?

हिमाल प्रेस ३२ जेठ २०८० ११:५५
14
SHARES
संसद्‌मा प्रश्न : नागरिकता माग्नु अपराध हो? फाइल तस्बिर।

काठमाडौँ- सांसदहरूले नागरिकता प्राप्तिका लागि जारी संघर्षमा केही युवालाई आत्मदाह प्रयासको बाटोसम्म लगेको भन्दै सरकार र न्यायालयको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनीहरूले नागरिकता नपाएर विराटनगर निवासी निरज कामतले आत्मदाह प्रयास गरेको विषयमा ध्यानाकर्षण गराएका हुन्। उनीहरूले नागरिकता माग्नु अपराध नभएको बताए।

सांसद रेखा यादवले प्रश्न गरिन्, ‘के हामीले सधैँ हाम्रा नागरिकलाई अनागरिक बनाइरहने हो? किन यो अनागरिक बन्नुपरेको हो?’ उनले नागरिकताविहीनले नागरिकता नपाएपछि बारम्बार पीडा पोखिरहँदा र सदनमा आवाज उठाइरहँदा पनि सरकार र न्यायालय संवेदनशील नभएको बताइन्।

उनले भनिन्, ‘उनीहरूले आफ्ना लागि नागरिकता मागेका हुन्, म नेपाली हुँ भनेर पहिचान मागेका हुन्। म न्यायालयलाई अनुरोध पनि गर्न चाहन्छु- यसरी आफ्नै देशका नागरिकलाई अनागरिक नबनाइयोस्। ’

नागरिकता नपाउँदा जल्न र मर्न तयार भएका युवा न्यायालयले न्याय नदिने हो भने अब कहाँ जालान् भनेर पनि प्रश्न गरिन्।  यस्तै अर्का सांसद अब्दुल खानले नागरिकताबाट वञ्चित सन्तानले विभिन्न जिल्ला र काठमाडौँको माइतीघरमा आत्मदाह गर्ने प्रयास गरिरहेको बताए।

उनले भने, ‘त्यसको जिम्मेवारी न्यायालयले लिने वा सरकारले लिने?’ नागरिकताका विषयमा सरकार र न्यायालयको प्रवृत्ति तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु भन्ने प्रवृत्ति रहेको बताए। खानले भने, ‘यस विषयमा हाम्रो देशको न्यायालय सचेत भएन। नागरिकता माग्नु अपराध हा? हामीलाई देशको नागरिकता चाहियो भन्नु अपराध हो?’

प्रकाशित: ३२ जेठ २०८० ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast